काठमाडौं – बुटवलको बसपार्कमा एक युवकको शव भेटिएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षिय दीपक थापाको शव आज बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा भेटिएको हो ।
लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सो गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको थियो । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।