काठमाडौं – अबिरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ तिमीलेमा पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
गएराति पौने १ बजेतिर पहिरोले घर पुरिँदा आमा पार्वती वली, छोरीहरु मोतीकला र धनसराको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
पार्वतीका श्रीमान बलबहादुर भने सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको छ ।