logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

तीजको अवसरमा पशुपति क्षेत्रमा ४००० सुरक्षाकर्मी परिचालन : भक्तजनलाई गरगहना नलाई आउन कोषको आग्रह


अंकुरण खबर
1.131K
Shares

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा पशुपति दर्शनमा आउने व्रतालुको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

नेपाल प्रहरीसँगको समन्वयमा तीज पर्वमा सुरक्षालाई मध्यनजर गर्दै पाशुपत क्षेत्र आसपास सादा पोशाकका प्रहरी पनि खटाइने प्रहरी जनाएको छ । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आग्रह गरेको छ।

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ। सरकारी नम्बर प्लेटका सवारीसाधनलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको कोषले जनाएको छ। भदौ १६ गते पशुपतिमा आउनेका लागि चावहिलबाट सवारीसाधन रोकिने छन् भने कालोपुलबाट गाडीलाई प्रवेश निषेध गरिने छ।