काठमाडौं – भरतपुरमा मोटरसाइकलले एक पैदलयात्री महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-२३, कुमारी चोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही-४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन्। चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।