logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने


अंकुरण खबर
3.718K
Shares

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।

दोस्रो चरणको स्तरोन्नतीका लागि आज रातिबाट काम शुरु हुन भएकाले चार महिनासम्म विमानस्थल दैनिक सात घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ ।

भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान अवतरण सबै बन्द हुने छ । स्तरोन्नतीका कारण विगतमा जस्तो विमान उडान प्रभावित नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

हाल विमानस्थलबाट अन्तरिक र बाह्य गरी दैनिक चार सय भन्दा बढी उडान अवतरण हुने गरेका छन् । यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर धावनमार्गको जिर्णोद्धार गरिएको थियो ।

अब दोस्रो चरणअन्तर्गत धावनमार्ग  सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने जनाईएको छ ।