logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्यो


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला चार सयले घटेको छ ।

नेपाली बजारमा आइतबार छापावाल सुन ७२ हजारमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा ७२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कायम भएको छ । आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।