logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन बिमानस्थलबाट सयौ यात्रु बोकेर उड्न लागेको कतार एयरवेजको विमानमा चरा ठोकिएपछि…


अंकुरण खबर
2.21K
Shares

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट उडान गर्न लागेको कतार एयरवेजको विमान चरा ठोकिएको छ । अहिले सो उडान रद्ध गरेर जहानको जाँच भइरहेको छ ।

कतारको दोहाका लागी उडान भर्न लागेको क्युआर ६४५ जहाजमा धावन मार्गमै चरा ठोकिए पछि उडान रद्ध गरेर जाँच सुरु गरिएको हो । मध्यान्ह १२:१०को उडान भर्नको लागी तयार भएको जहाजमा चरा आएर ठोकिए पछि उडान रद्ध भएको त्रिभुवन विमान स्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

अहिले कतार एयरवेजकै इन्जिनियरहरुले प्रविधिक जाँच गरीरहेको बताइएको छ । जहाज ठुलो दुर्घटना हुन बाट जोगिएको छ । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको जानकारी प्राप्त भएकोे छ ।