काठमाडौं – नेपाल राष्ट्र बैंकले ह्याकहरुले एटिएम कार्डबाट पैसा लुटेको विषयलाई लिएर चिन्तित नहुन निक्षेपकर्तालाई आग्रह गरेको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पैसा लुट्ने ह्याकर पक्राउ परिसकेकाले कुनै पनि निक्षेपकर्ता आत्तिनु नपर्ने बताएका हुन् । एटिएम ह्याक हुनुमा निक्षेपकर्ताको भन्दा पनि बैंकहरुको कमजोर सुरक्षा प्रणाली भएको र यसबारेमा अनुसन्धान भैरहेको उनले बताए ।
चिनिया ह्याकरले पीन नम्बर चोरी गरेर र नक्कली कार्ड बनाएर काठमाडौंका विभिन्न एटीएम बुथबाट १ करोड रुपैयाँ भन्दा धेरै पैसा चोरी गरेका थिए । तर यो रकम बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
ह्याकिङमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अहिले प्रभु र एनआईसी एसियाबाहेकका बैंकले एटीएम चल्न थालेका छन् । राष्ट्र बैंकले सम्बन्धित बैंक बाहेक अर्को बैंकमा एटिएमको प्रयोग नगर्न आग्रह गरेको छ ।