काठमाडौं – काठमाडौंको कपनमा लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन् ।
विद्यार्थी बोकेको भ्यान आइतबार बिहान सडकबाट खस्दा छ जना विद्यार्थीलाई चोटपटक लागेको छ भने अरू सामान्य छन् ।
घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइराखेको छ प्रहरीले जनाएको छ । भ्यान दुर्घटना हुनुको कारण खुलेको छैन ।