काठमाडौं – विश्वविद्यालयको शैक्षिक वातावरण धमिल्याउने पदाधिकारी नियुक्तिको दलीय भागवन्डाविरुद्ध नेपाल विद्यार्थी संघले खबरदारी र्याली गरेको छ ।
आइतबार दिउँसो माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म र्याली गर्दै नेवि संघले यस्तो काम रोक्न भनेको हो । निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले सभालाई सम्बोधन गर्दै नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय भ्रष्टाचारको अखडा भएको बताए ।
दलीय भागबन्डा नरोकिए नेविसंघ कडा संघर्षमा उत्रनुको विकल्प नहुने नेवि संघको चेतावनी छ । र्यालीपछिको कोण सभामा कुन्दनराज काफ्लेले भागबण्डा कायम राख्ने पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने बताए ।
नेविसंघका मनीष सिम्खडाले आफूहरुका माग कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने र विविध आन्दोलनका अन्य कार्यक्रम हुने बताए ।