आज भाद्र शुक्ल तृतीया अर्थात हरि तालिका तीज पशुपतिसहित देशभरका शीवालयमा पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा श्रीमानको आयु बढ्ने, परिवारमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
यसै तीज देखि पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको विगत १० वर्षदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका दर्शनको लागि खुला गरिएको छ । अबदेखि सधैंभरी सर्वसाधारणका लागि यो ढोका खुल्ला हने जनाइएको छ ।
पूर्वी ढोकासँगै यस वर्षको तीजमा भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । गत वर्षहरुको तुलानामा यस वर्ष दर्शन गर्न निकै सहज र छिटो हुने छ ।