logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तिजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या


अंकुरण खबर
2.236K
Shares

काठमाडौं – रुकुममा खुर्पा प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् ।

सोमबार तिजका दिन अत्यधिक मदिरा सेवन गरी  बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई आज बिहान घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको छ । उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ ।

उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।