logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न गौतम र पौडेल सिंगापुर जाँदै


अंकुरण खबर
2.873K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल मंगलबार सिंगापुर जाँदैछन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनीहरु मंगलबार दिउँसो १ बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीयसचिव यम पाण्डेले जानकारी दिए । स्वकीयसचिव पाण्डेकाअनुसार प्रधानमन्त्रीसँगै उनीहरु पनि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए । उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।