logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीमा वडाध्यक्षको मोटरसाइकलमा आगजनी


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ का वडाअध्यक्ष शोभाखर पाण्डेको मोटरसाइकल अज्ञात समूहले आगजनी गरेको छ ।

वडाध्यक्ष पाण्डेले घर नजिकै पार्किङ गरेर राखेको लु १ ब १६८८ नम्बरको मोटरसाइकल आज बिहान करिब पौने ५ बजे आगजनी भएको वडाध्यक्ष पाण्डेले बताए । वडाध्यक्ष पाण्डेले भने, ‘गोठ नजिकै आगो बलेको आमाले देख्नु भएछ पछि म हेर्न जाँदा मोटरसाइकलमा आगो बलिरहेको थियो ।’

आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । आगजनी गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।