काठमाडौं – प्रहरीले कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरबाट दु्ई जना युवकलाई लागूऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कृष्णनगर नगरपालिका १ सेमराका १९ वर्षीय अंकित यादव र तानसेन नगरपालिका १० तेल्घा पाल्पा घर भई हाल कृष्णनगर वस्दै आएका २३ वर्षीय प्रकाश कुंवर रहेका छन् ।
शंका लागि चेकजांच गर्दा उनीहरुको साथबाट निटभेट ट्याब्लेट दुई पत्ता, स्मास्मो प्लस ट्याबलेट तीन पत्ता, कोरेक्स एक सीसी फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।