logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तिजको दिन नदीमा नुहाउँन गएका बेपत्ता तीनै जनाको शव फेला


अंकुरण खबर
884
Shares

काठमाडौं – तिजको अवसरमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जनाको आज शव फेला परेको छ ।

बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा आज बिहान फेला परेकोे हो । बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव आज दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरी तीन वटै शव परिवारलाई बुझाउने तयारी भइरहेको जनाईएको छ ।