logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री र मन्त्रीहरूबीच पुनः भिडियो कन्फरेन्स बैठक


अंकुरण खबर
1.43K
Shares

काठमाडौं – उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स बैठक गरेका छन् ।

म‌ंगलबार दिउँसो १ बजेर १० मिनेटदेखि सिंगापुरबाट प्रम ओलीले नेपालस्थित कार्यवहाक प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुसँग सरकारको कामबारेमा छलफल गरेका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रम ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् दोस्रो पकट आफ्नो क्याबिनेटका सदस्यहरूसँग संवाद गरेको जानकारी दिए ।

रिमालले ट्विट गर्दै भनेका छन्, ‘प्रमले दोस्रो चोटी सिंगापुरबाट आफ्नो क्याबिनेटका सदस्यहरुसँग सरकारका कामबारेमा छलफल गर्नुभयो उहॉले आफ्नो उपचारबारे जानकारी दिनुभएको छ । र, मन्त्रीज्यूहरूले आफ्नो कामबारे प्रमलाई अपडेट गर्नुहुने योजना छ।’

मिर्गौलाको उपचारका लागि एक साताअघि सिंगापुर गएका ओलीले यसअघि भदौ ९ गते पनि भिडियो कन्फरेन्समार्फत मन्त्रीहरूसँग सामान्य छलफल गरेका थिए ।