logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा आयो एकाएक चमक, साढे २० अंकको वृद्धि


अंकुरण खबर
1.456K
Shares

काठमाडौं – मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से सुचक २० दशमलव ५७ अंकले बढेर १ हजार १ सय ९० दशमलव ९० अंकको बिन्दुमा बजार बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कुल १७१ कम्पनीको ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँको २१ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये नेपाल बैंकको संस्थापक सेयर सर्वाधिक सेयर किनबेच भएको छ । बैंकको ५ लाख ७२ हजारभन्दा बढीको सेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका अन्य र सामूहिक लगानी कोष समूह बाहेक सबै सकारात्मक रहेका छन् । आज सबैभन्दाबढी जीवन बीमा समूहको सुचक १४५ दशमलव ५ अंकले बढेको छ । त्यस्तै निर्जीवन बीमा समुहको सुचक १२३ दशमलव ५३ अंकले बढेको छ ।

सर्वाधिक कमाउनेमा युनिर्भसल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य ९ दशमलव ४६ प्रतिशतले बढेको छ । यता, सर्वाधिक गुमाउनेमा सीटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य ४ दशमलव ८५ प्रतिशतले घटेको छ ।