logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार ओम हमाललाई सर्वोच्चले छाड्नेबित्तिकै अदालतको गेटबाटै पक्राउ


अंकुरण खबर
1.417K
Shares

काठमाडौं – पत्रकार ओम हमाल अदालतको गेटबाट पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशमा रिहा भएसंगै उनलाई पुन पक्राउ गरिएको हो ।

विप्लव समूहको कार्यकर्ता भएको आरोपमा प्रहरीले भदौ ६ गते उनलाई कास्कीको सिसुवाबाट पक्राउ गरेको थियो । उनलाई रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशमा रिहा हुनेवित्तिकै प्रहरीले उनलाई सर्वोच्चको गेट नजिकैबाट पक्राउ गरेको हो । हमाल जनसञ्चार डटकम अनलाइनका सम्पादक हुन् ।