काठमाडौं – हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङमस्थित पूर्व-पश्चिम राजमार्गमा मंगलबार मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका ४ बस्ने वर्ष २३ का सुरज मैनाली रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । हेटौंडाबाट नवलपुरतर्फ जाँदै गरेको ना४५प १६११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकखण्डमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मैनालीको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।