logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा डेंगी र स्क्रब टाइफसका कारण चार जनाको मृत्यु, ४५५ जनामा संक्रमण


अंकुरण खबर
1.768K
Shares

काठमाडौं –  चितवनमा डेंगी र स्क्रब टाइफसका कारण चार जनाको मृत्यु भएको छ । भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो पटक गैंडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यस्तै गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेंगीका कारण मृत्यु भएको छ । रौतहटबाट उपचारका लागि भरतपुर आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेंगी र स्क्रबटाइफस संक्रमणका कारण मृत्यु भएको छ ।

चितवनका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेंगी परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको छ । जसमध्ये ४५५ जना चितवनका रहेका छन् ।

त्यसमा पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेका छन् । संक्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् । महानगरमा संक्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रम तीव्र पारिएको छ ।