काठमाडौं – काठमाडौं उपत्यकासहित देशभरको मौसम बुधबार दिनभर सामान्यत बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
राति पनि देशभरको मौसम सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।