काठमाडौं – वीरगञ्जमा प्रहरीले गोली चलाएको छ । नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्नेलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।
नियमित जाँचका क्रममा रहेको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीमाथि वीरगञ्ज महानगरपालिका–१६ का सन्तोष दासले हतियार देखाएपछि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनको दाया खुट्टामा गोली लागेको छ । उनको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको छ । घाइते दासको प्रहरी निगरानीमा वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।