logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न बामदेव पनि सिंगापुर जाँदै


अंकुरण खबर
1.976K
Shares

काठमाडौं – सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख बामदेव गौतम पनि आज सिंगापुर जाँदैछन् ।

हिजो पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न त्यसतर्फ गएका बेला आज गौतम पनि जान लागेका हुन् । सोमबार दुवैजना सँगै जाने सूचना बाहिर आएको थियो । तर हिजो पौडेल एक्लै गएका थिए ।

प्रधानमन्त्री ओलीले फेरि फोन गरेर बोलाएपछि गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएकाले बामदेम त्यसतर्फ जान लागेको जनाइएको छ ।