काठमाडौं – बुधबार निक्कै उतारचढावका बीच अन्ततः नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.८७ अंकले बढेर ११९४ बिन्दूमा पुगेको छ । कारोबार शुरु भएको केही समयमा ओरालो लागेको भए पनि अन्त्यमा परिसूचक बढेको हो ।
कुल १६८ कम्पनीको १४ लाखभन्दा कित्ता शेयर ४३ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबारमा आएका वित्त, उत्पादन र अन्य समूह बाहेक सबै समूह बढेका छन् । लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेप्सेमा मंगलबारदेखि सुधार हुँदै गएको छ । मंगलबार करिब २१ अंकले परिसूचक बढेको थियो । बुधबार सबैभन्दा धेरै माछापुछ्रे बैंकको शेयर किनबेच भएको छ । आज बैंकको ९ करोड ३० रुपैयाँको शेयर किनबेच भएको हो ।
यस्तै आज पाँचथर पावर कम्पनीका। कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समग्र परिसूचकमा वृद्धि हुँदा पनि जलविद्युत् लगानी तथा विकास कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ३ प्रतिशतले घटेको छ ।