काठमाडौं – दाङमा विषालु सर्पले डसेर एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारा निवासी ७ वर्षकी गोमा वलीको विषालु सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गए राति घरमा सुतेको समयमा विषालु सर्पले डसेको र वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।