काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको आज घोषणा गर्दैछ । १०५ औं विपिजयन्तीको अवसर पारेर २४ भदौबाट १० असोजसम्म दोश्रो चरण जागरण अभियान गर्ने तय गरिसकेको छ ।
यसअघि पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।
दोश्रो चरणमा प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ । अवको अभियान पहिलो चरणको अभियान भन्दा भिन्न हुने जनाईएको छ ।