logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस आज गर्ने तयारी


अंकुरण खबर
780
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस आज गरिने भएको छ । सात पटक गर्नुपर्ने प्लाज्मा फेरेसिस हिजो (बुधबार) गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री ओलीलाई टाउको दुखेपछि हिजो प्लाज्मा फेरेसिस हुन सकेन ।

श्रोतका अनुसार प्रधानमन्त्री ओली शुक्रवार फर्कने यसअघिको तयारी समेत प्रभावित भएको छ । शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न सात पटक प्लाज्मा फेरेसिस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए । सातौंपटक प्लाज्मा फेरेसिसस रिपोर्ट आएसँगै शरीरमा एन्टिबडीको अवस्था जानकारी हुने प्रधानमन्त्रीका निजी चिकित्सकले बताउँदै आएका छन् ।