logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दसैँ-तिहारमा १४ ठाउँमा नागरिक सहायता कक्ष सञ्चालन हुने


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – यातायात व्यवस्था विभागले दसैँ–तिहारलगायतका चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ ।

यातायात व्यवस्था कार्यालयमा बुधबार विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबिच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रिम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको थियो । विभागका महानिर्देशक गोगनबहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि अनुरोध गर्दै पत्र लेखिने बताए । व्यवसायीसँग अहिले रहेको सवारी साधनको सङ्ख्या, अवस्थाका बारेमा बुझिएको उनले बताए ।

चाडपर्वका समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण, अग्रीम टिकटलगायतका विषयमा विभागले सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ ।