logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर पूर्व सांसद डीबी कार्की पक्राउ


अंकुरण खबर
1.885K
Shares

काठमाडौं – तत्कालीन एमालेका सांसद डोलबहादुर (डीबी) कार्की प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोप लागेका उनलाई बिहीबार बिहान काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । उनी ९ वर्ष पहिले घुससहित पक्राउ परेका थिए ।

लमजुङबाट तत्कालिन नेकपा एमालेबाट पहिलो संविधानसभामा समानुपातिक सभासद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो ।

पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए । प्रहरी निरीक्षकमा भर्ना गर्न भनेर लिएको घुस रकममध्ये एक लाख रुपैयाँ प्रहरीले स्वामीको घरबाट बरामद गरेको थियो । उनलाई सर्वोच्चले दोषी ठहर गरेपछि फरार थिए ।