logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कृषि मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखियो


अंकुरण खबर
4.732K
Shares

काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । मंगलबार साँझबाट ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका हुन् ।

निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो । बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको हो । मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

अहिले देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । गत बैशाखमा सुनसरीबाट फैलिएको डेंगु हाल देशभरका ४८ जिल्लामा डेंगु फैलिएको छ ।