logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्यमा सामान्य गिरावट


अंकुरण खबर
1.599K
Shares

काठमाडौं – लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा बिहीवार भने सामान्य गिरावट देखिएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाली बजारमा छापावाला सुनको मूल्य आज ७३ हजार ४०० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १०० रुपैयाँमा कायम भएको छ । बुधबार तेजाबी सुन ७३ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।

सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । आज स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।