logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१६ किलो सुन काण्डका धनकमल पुर्पक्षका लागि जेल चलान


अंकुरण खबर
1.82K
Shares

काठमाडौं –  उत्तरी गोरखाका धनकमल गुरुङ पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत गोरखामा बुधवार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका हुन् ।

धार्चे गाउँपालिका १ केरौंजाका ब्यवसायी धनकमल गुरुङ धार्चे ३ उहियाको ओडारमा लुकाएको १६ किलो सुन सहित गत साउन ९ गते पक्राउ परेका थिए । १६ किलो सुनसहित पक्राउ परेका धनकमललाई राजस्व अनुसन्धान विभागले मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरेको थियो ।

राजस्व अनुसन्धान विभागले धनकमलविरुद्ध राजस्व चुहावट, अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता गरेको थियो ।

उक्त मुद्धासँगै ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिवानासमेत माग गरिएको छ । धनकमललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले १६ किलो सुन सहित राजस्व अनुसन्धान विभागमा गएको साउन १० गते नै बुझाएको थियो ।