logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकारात्मक रहन सकेन नेप्से सुचक


अंकुरण खबर
2.457K
Shares

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार सकारात्मक रहन सकेन । आज नेप्से ३ दशमलव ७० अंकले घटेर ११९१ दशमलव ०७ बिन्दूमा अडिएको छ ।

कारोबार शुरु भएको केही समय उकालो लागेको नेप्सेमा अन्तत ओरालो लागेर बिश्राम लिएको हो । कुल १६७ कम्पनीको ९ लाख ५७ हजार ८ सय ८१ कित्त शयेर २९ करोड १ लाख  ७७ हजार ३ सय ५७ रुपैयाँमा कारोबार भएको छ । बिहीबार कारोबारमा ननलाइफ इन्स्योरेन्स र म्युचुअल फणड बाहेकका सम्पूर्ण उप समूह ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तिय संस्थाका  शेयर धनीहरूले  ९ दशमलव ७८ प्रतिशतसम्म नाफा कमाएका छन् भने उक्त कम्पनीको ३ सय ७५ मा खुलेको कारोबार ४ सय ४ रूपैँयाँसम्म पुगेको थियो ।

अरूण कावेली पावर लिमिटेड कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । उक्त कम्पनीको शेयर ६ दशमलव ९२ प्रतिशत् सम्म गिरावट आएको छ ।