काठमाडों – पाल्पामा ६ जनामा डेंगुको संक्रमण भेटिएको छ । गएको साउनमा २ जनामा भेटिएको र भदौमा थप ४ जनामा यसको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
डेंगुको संक्रमण हुनेमा २ जना जिल्लाको सदरमुकाम तानसेन र अन्य ४ जनामध्ये माथागढी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाको रहेका छन् । भदौ महिनामा उपचारका लागि आएका ४ जना तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारपछि घर फर्किको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
गतवर्ष ७ जनामा यसको संक्रमण भेटिएको थियो। गत वर्षको तुलनामा यसको संक्रमणको संख्या बढ्ने देखिएको छ ।