logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा कार दुर्घटना, तीन जना नेपालीको मृत्यु


अंकुरण खबर
2.704K
Shares

अमेरिकाको मिजौरीमा मंगलबार भएको दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा श्रद्धा खनाल ओझा र उनका परिवारको ज्यान गएको जोप्लिन पुलिस डिपार्टमेन्टले जनाएको छ । कार श्रद्धाका श्रीमान् प्रभास ओझाले चलाएका थिए । दुर्घटनामा श्रद्धासहित उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनालको ज्यान गएको हो ।

गम्भीर घाइते चालक प्रभास र अर्का एक जनाको उपचारका लागि स्थानीय अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको अमेरिकाबाट सञ्चालित हिमालय खबरले जनाएको छ ।

मंगलबार करिब दिउँसो तीन बजेतिर प्रिगमोर एभेन्यूमा दुई वटा कार एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।