Breaking Newsअन्तर्वार्तास्वास्थ्य

डेंगु जस्तै स्क्रब टाइफसको संक्रमण बढ्दो : बच्नको लागि डाक्टरको सुझाब यस्तो छ…

अहिले देशैभर डेंगुको प्रकोप बढ्दो छ । डेंगुसंगै स्क्रब टाइफस रोगका बिरामी पनि बढेका छन् । स्क्रब टाइफस रोग बारेमा धेरै मासिन अनविज्ञ छन् । जसका कारण नेपालमा धेरै नागरिक यसको जोखिममा छन् । यो रोगका धेरैजसो लक्षण सामान्य ज्वरोसँग मिल्दोजुल्दो भएकाले पनि मानिसहरू झुक्किने गर्छन । यस्तो अवस्थाका स्क्रब टाइफस के हो ? यो कसरी लाग्छ र यसबाट कसरी जोगिने ? कन्सल्टेन्ट फिजिसियन डा.रामकृष्ण बरालसंग अंकुरण खबरको टिमले गरेको कुराकानीमा आधारित अंश…

नेपालमा स्क्रब टाइफसका बिरामी बढीरहेको पाइन्छ । अहिले डेंगुले जसरी महामारीको रुप लिएको छ त्यसैगरि बेलैमा सावधानी नअप्नाए स्क्रब टाइफसले पनि महामारीको रुप नलेला भन्न सकिन्न । देशका विभिन्न स्थानमा यो रोगका संक्रमित बढेको पाइन्छ । थोरै सावधानी अप्नाए यो रोगबाट पूर्ण बच्न सकिन्छ भने, लाप्रबाही गरे ज्याननै जान्छ ।

चीनमा तेस्रो सताब्दीमा पहिलो पटक स्क्रब टाइफस देखापरेको थियो । नेपालमा भने यो देखा परेको धेरै समय भएको छैन् । तर पनि यो रोगले बेलाबेलामा मानिसको ज्यानै लगेको छ । नेपाल जस्तो विकाशोन्मुख र धेरैजसो व्यक्ति कृषिमा निर्भर भएको देशमा स्क्रब टाइफसको जोखिम उच्च हुन्छ । स्क्रब टाइफसलाई बुस टाइफस पनि भनिन्छ । यो रोग ओरेन्सिया सुसुगमुसी नामक पराजिवीको संक्रमणबाट सर्छ ।

यो रोग लाग्ने कारण
माइट नामको संक्रमित किर्नाले टोक्दा यो रोग मानिसमा सर्छ । विशेषगरी घाँसपात, झाडीमा काम गर्ने मानिसमा यो रोगको सम्भावना प्रवल रहन्छ । झाँडीमा काम गर्दा संक्रमित किर्नाले टोक्यो भने,संक्रमित मान्छेको रगत लिएमा पनि यो रोग लाग्छ ।

यो रोगको संक्रमण भएको करिब ५ देखि ७ दिनदेखि लक्षण देखिन थाल्छ । यो रोगका लक्षण ज्वरोसंग मिल्दाजुल्दा छन् । तर पनि निम्न लक्षण देखापर्छ :

1.एक्कासी ज्वरो आउनु ।
2.श्वास फेर्न गाह्रो हुने ।
3.शरीरमा एलर्जी जस्तो बिबिरा देखिनु ।
4.टाउको दुख्नु ।
5.खोकी लाग्नु ।
6.शरीर आलस्य हुनु ।
7.खाना अपज हुनु ।
8.वान्ता हुने ।
9.जन्डिस हुने ।
यसको बेलैमा उपचार गरिएन भने संक्रमण बढ्दै गएर मुटु, कलेजो, मिर्गौलामा समेत गम्भीर असर पुग्छ ।

उपचार :

यो रोग लागे नलागेको पत्ता लगाउन रगतमा एन्टीजेनको अवस्था हेर्नुपर्छ । यसैलाई आधार मानि बिरामीको अवस्था हेरी कुन उपचार पद्धति अवलम्बन गर्ने, कुन औषधि चलाउने भन्ने एकीन गरिन्छ । बच्न के गर्ने स्क्रब टाइफस ग्रामीण क्षेत्रका मानिसमा मात्र देखापर्छ भन्ने थियो । यसको संक्रमण शहरी क्षेत्रमा समेत देखापरेको छ ।

बच्ने उपाय :
यसबाट बच्ने प्रमुख उपाय भनेको संक्रमित किर्नाको टोकाइबाट बच्नु हो । यसबाहेक निम्न सावधानी अपनाउनु पर्छ । 1.खेतबारीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने ।
2.खुट्टामा बुट, हातमा पन्जा र टाउको ढाक्ने कपडा लगाउने
3.घर वरपर सफा राख्ने ।
4.भुइँमा बस्दा केही ओच्छ्याएर मात्र बस्ने ।
माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउनु पर्छ । बेलैमा उपचार गरिएन भने यो रोगले ज्यानै लान सक्छ ।

Comment here