काठमाडौं – नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज सुन एक हजार ४ सय रुपैयाँले घटेको होे ।
आज छापावाला सुनको मूल्य प्रतितोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन आज प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि आज घटेको छ । हिजो प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ४० रुपैयाँ घटेर प्रतितोला ९ सय रुपैयाँमा कायम भएको छ ।