logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

धादिङमा ग्यास सिलिण्डर पड्कँदा चार घर जलेर नष्ट


अंकुरण खबर
1.911K
Shares

काठमाडौं – धादिङको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ ।

लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो । ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ । वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।