logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसिड आक्रमणमा परेर घाइते भएकी किशोरीलाई काठमाडौ ल्याइदै


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – एसिड आक्रमणमा परेर घाइते भएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौं ल्याईदैछ ।

वीरगञ्जमा प्रारम्भिक उपचार प्रश्चात् उनलाई काठमाडौं ल्याउन लागिएको हो । शुक्रबार विहान विद्यालय जाँदै गरेकी खातुनमाथि छपकैया टोलकै सम्साद मिया, मजिद आलमले अनुहारमा एसिड छ्यापेका थिए । एसिड प्रहारबाट गम्भीर घाइते खातुनको दाहिने गाला, छाती र हात जलेको प्रहरीले जानकारी दिएको छ ।

खातुन वीरगञ्जमा आफ्नो मामाघरमा बस्दै आएकी थिइन् । छपकैयास्थित आफनो घरबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले खातुनलाई वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका हुन् । एसिड प्रहार गर्ने दुई मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको छ ।