काठमाडौंको माछापोखरीबाट प्रहरीले पेस्तोल र गोलीसहित सात जनालाई पक्राउ गरेको छ।
शनिबार अपरान्ह ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको जनएको छ। पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन।
माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।