काठमाडौं – आज ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा विषेश कार्यक्रम गरिँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने कार्यक्रममा विभिन्न ११ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु पुरस्कृत हुँदैछन ।
यस्तै राष्ट्रिय शिक्षा दिवसको अवसरमा आङ्गिक, सामुदायिक र निजी क्षेत्रका १/१ वटा गरी ३ वटा क्याम्पसहरुलाई उत्कृष्टताको आधारमा नगदसहित पुरस्कारबाट पुरस्कृत गर्ने गरिने मन्त्रालयले जनाएको छ ।