logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्र बैकले सोमबार चार अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्ने


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैकले सोमबार चार अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न भएको छ ।  अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती भदौ २४ गते तोकिएको टे«जरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । यसरी बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको दुई अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सो अनुरुप ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७६ मंसिर २४ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ साल भदौ २३ गते रहेको छ ।

यसअघि भदौ १६ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको तीन अर्ब १३ करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब ५२ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।