काठमाडौं – साताको पहिलो दिन आइतबार पनि सुनको भाउ घटेको छ ।
नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।