logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई गाई तस्कर पक्राउ


अंकुरण खबर
923
Shares

काठमाडौं – नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुईजना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष पक्राउ परेका हुन् ।

सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको अवस्थामा तीनवटा गाईसहित दुवै तस्करलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गाईसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सम्सी प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।