logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डेंगू नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाउन कांग्रेसको माग


अंकुरण खबर
819
Shares

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरीन् ।

उनले डेंगुले महामारीको रुप लिदा समेत सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै तत्काल सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको पनि गम्भिर ध्यानाकर्षण गराइन् ।

चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी ३,५८० जना विरामीहरु अस्पतालमा भर्ना भएका छन । त्यसै गरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गईसकेको छ ।