काठमाडौं – एसिड आक्रमणका दोषिलाई कारबाहीको माग गर्दै आज वीरगञ्जमा प्रदर्शन भएको छ । वीरगञ्ज कि छात्रा मुस्कान खातुनमाथि शुक्रबार एसिड प्रहार गर्नेलाई कारवाहीको माग गर्दै घण्टाघर चौकमा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले महिलाहरुको सुरक्षा ग्यारेन्टी र पीडित परिवारलाई क्षतिपूर्तिको पनि माग गरेका छन् । एसिड आक्रमणमा घाइते खातुनको काठमाडौंमा उपचार भैरहेको छ ।
घटनामा वीरगन्ज-दुई छपकैयाका समसाद मिया हजाम र माजिद मियाँ हजामलाई प्रहरीले पक्राउ गरिरहेको छ । पक्राउ परेका दुबैमाथि कारवाही प्रक्रिया अघि बढेको पर्सा प्रहरीले जानकारी दिएको छ ।