logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले घट्यो नेप्से सुचक


अंकुरण खबर
2.808K
Shares

काठमाडौं -साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सुचक १२ दशमलव ६१ अंकले घटेर १ हजार १ सय ७८ दशमलव ४६ को बिन्दुमा बजार बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन कुल १६५ कम्पनीको ३० करोड ५३ लाख १० हजार ७१९ रुपैयाँको ११ लाख ७३ हजार ४८८ कित्ता सेयर किनबेच भएका छन् । यसअघि गत बिहीबार २९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । जसमध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक किनबेच भएको छ ।

बैंकको ५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । आज कारोबारमा आएका सबै समूह घटेका छन् । जसमध्ये बीमा समूहको सुचकमा उच्च गिरावट आएको छ ।

नीर्जिवन बीमा समूहको सुचक १०२ दशमलव २९ अंकले घटेको छ भने जीवन बीमा समूहको सुचक ८५ दशमलव ४४ अंकले घटेको छ ।