काठमाडौंं – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई डेंगु संक्रमण भएको छ । उनको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
उनी ३ दिनदेखि अस्पतालमा छन् । डा. रुइतसँगै उनका परिवारका अन्य २ जनालाई समेत डेंगुको संक्रमण देखिएको बताइएको छ ।
नेपालमा तीन महिनाअघि देखि देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ । देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने करिब ४ हजार बढी मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । डेंगुकै कारण देशभर ६ जनाको मृत्यु भएको पृष्टि भइसकेको छ ।