logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री याङले महत्वपूर्ण भेटवार्ता गर्दै


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री याङ यीले सोमबारदेखि महत्वपूर्ण राजनीतिक–कूटनीतिक भेटवार्ता थाल्दै छन् । चिनियाँ विदेश मन्त्री याङ आइतबार बेलुका तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।

उनले सोमबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्दैछन् । यस्तै उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओली तथा विदेशमन्त्री ज्ञवालीलगायतसँग हुने उच्चस्तरीय भेटमा उनले अबको एक महिनापछि हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणका बारेमा छलफल हुने जनाइएको छ ।

सी को भ्रमणको सुरक्षा र एजेण्डाबारे छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । यस्तै नेपाल र चीनबिच भएका पूर्व सम्झौता तथा साझेदारीबारे पनि छलफल हुने जनाइएको छ ।